मर्जरपछि सूर्या ज्योति लाइफको नयाँ नारा: अझ बृहत, अझ सबल र अझ विशाल

७ पुष २०७९, बिहीबार २२:२३

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफका बीचमा आजबाट औपचारिक मर्जर भई अनौपचारिक रुपमा एकीकृत कारोबार समेत सुरु भएको छ । दुई कम्पनीका बीचमा मर्जर भई एकीकृत कारोबार सुरु भएसँगै नयाँ नाम र नयाँ लोगोको ब्राण्डिङ समेत सुरुवात गरेको छ । विभिन्न सञ्चार माध्यमहरुमा विज्ञापन र कन्टेन्टमार्फत कम्पनीको नयाँ लोगोसँगै नयाँ नारा समेत सार्वजनिक गरेको हो । । जीवन बीमा क्षेत्रको पहिलो मर्जरपछि ‘अझ बृहत, अझ सबल, अझ विशाल’ भन्ने नारा अघि सारिएको छ ।

कम्पनीले ज्योति लाइफ र सूर्या लाइफका बीचमा मर्जर भई एकीकृत कारोबार शुभारम्भ भएसँगै एक उज्वल सुरुवातको रुपमा दावी गरेको छ ।

गत असार १२ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ७ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् । यद्यपि औपचारिक कार्यक्रम भने आयोजना गरिएन । सूर्यज्योति लाईफ इन्स्योरेन्स क.लि. को नाम मा कारोबार भए संगै सो कम्पनिको रजिस्टर्ड कार्यालय बिराटनगरमा तोकिएको छ भने केन्द्रिय कार्यालय भने शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ । कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराईले जिम्मेवारी सम्हालेका छन् भने प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

मर्जर पश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजी ४ अर्ब ५४ करोड र कुल लगानी २८ अर्ब भन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आ.व. २०७९÷८० को पहिलो त्रैमासिक सम्मको कुल जीवन बीमा कोषमा २२ अर्ब, कुल बीमा शुल्क २ अर्ब २७ करोड भन्दा बढी तथा नाफा भने रु.४२ करोड पुगेको छ ।

कम्पनीमा कुल कर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५ हजार भन्दा बढि प्रोडक्ट संख्या १५ संगै देशभर सात प्रदेशमा १८१ शाखा हरु बाट १३ लाख भन्दा बढी बीमिंत लाई सेवा दिने कम्पनीको रुपमा सूर्यज्योती बिशाल कम्पनि बनेको कम्पनीले दावी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*