दुई बीमा कम्पनी सहित एक बैकको शेयरमूल्य समायोजन
काठमाडौं । आज नेप्सेमा दुई बीमा कम्पनी सहित एक बैकको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा आज प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको हो ।
नेप्सेले प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनस शेयरको संमायोजन पछि मूल्य रू. ५०३ दशमलव ५४ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ५६९ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यस्तै नेप्सेले नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयरको संमायोजन पछि मूल्य रू.३८७ दशमलव ९६ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ४९१ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
गरिमा विकास बैंकको नेप्सेले १३ प्रतिशत बोनस शेयरको संमायोजनmपछि मूल्य रू. ३३० दशमलव ९७ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३७४ को आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।