सगरमाथा इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, शेयरधनीले कति पाउँदैछन् बोनस ?

६ पुष २०७९, बुधबार १०:४१

काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १२.५० प्रतिशत बोनस शेयर र ०.६५७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*