महालेखा नियन्त्रकद्धारा यसै हप्ता ठूलो संख्यामा कर्मचारी सरुवा गर्ने तयारी

५ पुष २०७९, मंगलवार १७:११

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले ठुला संख्यामा कर्मचारी सरुवा गर्ने भएको छ । कर्मचारी सरुवाको लागि सुची तयार पार्नमा अहिले कार्यालयका कर्मचारी ब्यस्त रहेका छन् ।

गत भदौंमा नै हुनुपर्ने सेवा र समूहका कर्मचारीको सरुवा निर्वाचन आचारसंहिताका कारण रोकिएको थियो । ७५ दिने लामो आचारसंहिता अस्ति २६ मंसिरबाट फुकुवा भएसँगै लेखाका कर्मचारीहरु चलाउन लागिएको हो ।

स्रोतका अनुसार महालेखा मातहतका ३ हजार कर्मचारीमध्ये झण्डै ४ सय हाराहारी कर्मचारीहरु एकै लटमा सरुवा गर्न लागिएको छ । महालेखाका अनुसार झण्डै तीन हजार कर्मचारीमध्ये प्रक्रिया पुगेका दश प्रतिशतभन्दा बढी कर्मचारीहरुको सरुवा सूची यो पटमा निकाल्न लागेका हो ।

महालेखाका अनुसार प्रक्रियागत रुपमा अवधि पुगेका, कार्यालयका कारण समस्यामा परेका र रिक्त रहेका स्थानमा कर्मचारीहरु सरुवा गर्न लागिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*