युनाइटेड इन्स्योरेन्सद्धारा बार्षिक साधारणसभाको मिति घोषणा, पाँच प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

५ पुष २०७९, मंगलवार ०९:१७

कामठाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आव २०७८।०७९ को बार्षिक साधारणभसा आह्वान गरेको छ । नेपाली बीमा क्षेत्रमा रहेको एक्चुरी भ्यालुएशन सम्बन्धी समस्यालाई चिर्दै युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनाभित्रैमा बार्षिक साधारणभा आह्वान गरेको हो । नेपाल इन्स्योरेन्स कम्पनीले यही पुस १ गते बार्षिक साधारणसभा आह्वान थियो । युनाईटेड इन्स्योरेन्स दोस्रो भएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले जोखिम मूल्याङ्कन सम्बन्धी एक्चुरीकै ल्याट पक्षिण सम्पन्न गर्नुपर्ने हुन्छ । जीवन बीमा कम्पनीहरुमा एक्चुरी गरे जस्तै, ल्याटकै कारण निर्जीवन बीमा कम्पनीहरुको बार्षिक साधारणसभामा ढिलाई हुँदै आएको थियो । तर, युनाइटेड इन्स्योरेन्सले वित्तीय अनुशासनमा चुस्तदुरुस्त राख्दै पुसमै बार्षिक साधारणसभा गर्न लागेको हो । कम्पनीकी भूतपूर्व सिईओ उपासना पौडेलसहितको टिमले गरेको मेहनतले बार्षिक साधारणसभा आह्वान गर्ने दोस्रो कम्पनी बन्न सफल भएको हो ।

कम्पनीले आगामी पुस २७ गते, बुधबार सो सभा डाकेको हो । बार्षिक साधारणसभा सभा अनमोल ब्याङ्कवेट, शंखमुलमा बिहान ११ बजे शुरु हुने आज प्रकाशित सूचनामा उल्लेख छ ।

कम्पनीले सञ्चालक समितिको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*