फिनिक्स कलेज अफ म्यानेजमेन्टका कार्यकारी निर्देशक लक्ष्मण पोख्रेल आउटस्ट्याण्डिङ लिडरसिप अवार्डद्वारा सम्मानित

४ पुष २०७९, सोमबार १७:१५

काठमाडौं । दुबईको फेस्टिभल सिटीस्थित इन्टर कन्टिनेन्टल होटलमा संचालित एजुकेशन २.० बहुराष्ट्र सम्मिलित इन्टरनेशनल कन्फरेन्समा छन् ।

डिसेम्बर १६ देखी डिसेम्बर १८ गते तीन दिन सम्म संचालित उक्त एजुकेशन २.० कन्फरेन्समा संसारभरका शैक्षिक क्षेत्रका ३०० भन्दा बढी बिज्ञहरु सम्मिलित भएका थिए । कार्यक्रममा बिभिन्न बिज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मानित पोखे्रलले पनि प्यानल डिस्कसनमा भाग लिई विज्ञ वक्ताको रुपमा आफ्नो प्रस्तुती दिएका थिए । इन्फिनियम इभेन्ट्सद्वारा आयोजना गरीएको उक्त कार्यक्रम दुबईको फेस्टिभल सिटी र अमेरिकाको लास भेगासमा संचालन हुने गर्दछ । उक्त इभेन्टमा एजुकेसन, हेल्थ, इन्टरनेट, कानून, मार्केटिङ, मनि समेत गरी ६ वटा विधामा कन्फरेन्स संचालन हुने गर्दछ ।

राष्ट्रिय पोषाकमा सम्मान लिएपछि मन्तव्य दिंदै पोख्रेलले अवार्ड पाएर आफु निकै गौरवान्वित भएको बताउँदै उक्त सम्मान परिवार, साथिभाई, बिद्यार्थी, शिक्षक, कर्मचारी लगायत प्रोत्साहन गर्ने ज्ञात अज्ञात सबैलाई समर्पण गरे । कन्फरेन्समा सिकेको कुरालाई देशभित्र शैक्षिक विकासमा प्रयोग गर्ने जानकारी पोख्रेलले गराए । साथै नेपालमा पनि भबिष्यमा यस्तै अन्तराष्ट्रिय कन्फरेन्स संचालन गर्ने जानकारी गराए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*