बुटवल पावर कम्पनीले मनाङमा बन्ने मर्स्याङ्दी जलविद्युतमा १ अर्ब ३३ करोड लगानी गर्ने

४ पुष २०७९, सोमबार १२:३५

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणका लागि सरकारसँग तीन चिनाया कम्पनीले सम्झौता गरेको छ । सो आयोजनाको क्षमता १६५ मेगावट रहेको छ ।

उक्त आयोजनाको नेपाली साझेदार रहेको बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठ र ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा महाशाखा प्रमुख मधु भेटवालले चिनिया कम्पनीहरु संग गरिएको सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त आयोजना निर्माण थालेको ४ वर्ष भित्रमा सञ्चालनमा आउने उदेश्य रहेको प्रवर्द्कले जनाएको हो ।

उक्त आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनीहरू एससीआईजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भइसकेको छ ।

उक्त आयोजनामा ३३ अर्ब ३८ करोड कुल लागत मध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी गर्ने साझेदारबीच समझदारी छ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकहरूबाट ऋण ल्याउने तयारी थालेको बीपीसीले जनाएको छ ।

आयोजनाको लागतका अनुसार बुटवल पावर कम्पनीले मात्रै करिव १ अर्ब ३३ करोड रुपैयाँ सो आयोजनामा स्व पुँजी लगाउने छ । आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*