नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी वापतको रकम भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विरेन्द्रबजार शाखाले एक कार्यक्रम बिच मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ ।
मिर्चैया नगरपालिका वडा नम्वर ६ निबासी श्रीमती तेतरी देवी साहको श्रीमान एबम यस कम्पनीका बिमित स्वर्गिय रामपवितर साहको असमायिक मृत्यु भएकोले उनकि श्रीमती तेतरी देवी साहलाई एक कार्यक्रम बिच ११ लाख ७० हजार बराबरको चेक हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विरेन्द्रबजार शाखा प्रमूख राजन बहादुर श्रेष्ठले सो चेक हस्तान्तरण गरेका हुन् ।
मृतकको ३ वर्ष अगाडी सुरक्षित जीवन बीमा योजना १० लाखको बीमा,बार्षिक ८२ हजार १ सय ७६ रुपैयाँ र जम्मा गर्ने गरि ३ किस्ता कुल रु २ लाख ५२ हजार ५ सय २८ रुपैया यस कम्पनीमा जम्मा गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विरेन्द्रबजार शाखा प्रमूख राजन बहादुर श्रेष्ठले बताए ।