नेपाल वायुसेवा निगममा जागिर खुल्यो, १३८ जनालाई अवसर

२ पुष २०७९, शनिबार १६:००

काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

नियमले चौथो तहदेखि सातौँ तहसम्मका पदहरुमा १३८ जना नयाँ कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। नियमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी छनोट गर्नेछ।

निगमले लेखा सहायकदेखि वरिष्ठ प्राविधिक अधिकृतसम्म विभिन्न १४ पदमा दरखास्त खुलाएको छ।

इच्छुक उम्मेदवार यही पुस २१ गतेसम्म अनलाइनमाफृत दरखास्त पेस गर्नुपर्नेछ। दोब्बर दस्तुरी तिरी पुस २८ गतेसम्म आवेदन दिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*