भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

१ पुष २०७९, शुक्रबार १६:५९

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ घटाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ।शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँसूची मूल्य पठाएको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल ६.९० रुपैयाँ, डिजेल १२.३१ रुपैयाँ र हवाई इन्धन १०.६१ रुपैयाँ घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ। आज दिउँसोसम्म ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८०.३ डलरमा झरेर कारोबार भइरहेको छ। डब्लूटीआई तेलको भाउ पनि घटेर प्रतिब्यारल ७५.१ डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजार तेलको मूल्यमा लगातार गिरावट आउनु र भारतले सस्तोमा तेल खरिद गरिरहनुले पनि उसले इन्धनको मूल्य घटाएर पठाएको हो। पछिल्लो समय भारतबाट मूल्य घटेर आएपनि नेपालमा भने स्थिर नै रहेको छ।
यसअघि आयल निगमले घाटा हुने भन्दै आन्तरिक बजार मूल्य समायोजन गर्न मानेको थिएन। यसको चौतर्फी र चर्को आलोचना भएको थियो। यसपटक भने मूल्य समायोजन गर्न निगम तयार देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*