शिखर इन्स्योरेन्सद्धारा लाभांस प्रस्ताव, शेयरधनीले १६ प्रतिशत बोनस शेयर पाउने

१ पुष २०७९, शुक्रबार ११:३४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०७८।७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल बिमा प्रधिकरणबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीले आव २०७६। ७७ पछि मात्रै शेयरधनीलाई यस वर्ष लाभांश वितरण गर्न लागेको हो । सो अवधिमा कम्पनीले २७ दशमलव ७७ प्रतिशत बोनस शेयर १ दशमलव ४६२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*