नेपाल इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, पुष २२ गते डाक्यो साधारण सभा

१ पुष २०७९, शुक्रबार १०:४२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मु्नाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश गरी कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको छ । कम्पनीले सो लाभांश प्रस्ताव पारित गर्न पुष २२ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

कम्पनीको सभाले हाल कायम रहेको चुक्तापुँजी एक अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेकोमा बोनस शेयर जारी गरेपश्चात कम्पनीको कायम हुने चुक्तापुँजी एक अर्ब ४८ करोड ९३ लाख रुपैयाँ कायम गर्ने तथा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

यसका साथै अन्य निर्जिबन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धित विषयमा निर्णय गर्न संचालक समितिलाई दिइर्एको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

यसका अलावा गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनार्थ पुष ८ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*