शिखर इन्स्योरेन्स ‘वेस्ट म्यानेज्ड निर्जिवन इन्स्योरेन्स कम्पनी’ अवार्डबाट सम्मानित

२७ मंसिर २०७९, मंगलवार १३:२०

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लिमिटेड बेस्ट म्यानेज्ड निर्जिवन इन्स्योरेन्स कम्पनीको रुपमा न्यूजविक अवार्डबाट सम्मानित भएको छ । हिजो आयोजित एक विशेष कार्यक्रमका बीचमा कम्पनीलाई सम्मान हस्तान्तरण गरिएको हो । ‘न्यूबिज अवार्ड फर बेस्ट म्यानेज्ड निर्जिवन इन्स्योरेन्स कम्पनी अवार्ड २०२२ बाट देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनीलाई सम्मानित गरिएको हो ।

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीलाई न्यू बिजनेश एज प्रालिले सोमबार आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा अन्तरगत ‘वेस्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्डको प्रथम विजेता घोषित गरेको छ । यस अवार्ड विभिन्न वित्तीय तथा गैर–वित्तीय मापदण्डहरूको आधारमा निर्धारण गरिएको छ र आयोजकहरूद्वारा नियुक्त निर्णायक मण्डलले निर्णय गरेका थिए ।

शिखर इन्स्योरेन्सले देशभर १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहको छ र ६०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । शिखर इन्स्योरेन्सले मौसमी सूचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनस्थिति बीमा जस्ता नविनतम बीमाको शुरुवात गरी नेपालमा बीमा क्षेत्रको विस्तार गर्न उल्लेखनिय योगदान पुर्याउँदै आइरहेको छ ।

शिखरले २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु विजनेस एज संस्थाबाट वेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल भएको थियो । नेपालको दुर दराज जिल्लाहरू जुम्ला, कालिकोट, डोल्पा र मुगु का जनतालाई बर्षेनी मौषमका कारण स्याउ खेतीमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सूचकांकमा बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपुर्ति प्रदान गरेकै कारण UK Aid funded Adaptation at Scale prize Asia Network for Sustainable Agriculture and Bioresources -ANSAB) द्धारा २०१९ मा ५० हजार पाउण्डस्ट्रलिङ बराबर पुरष्कार राशी प्राप्त गरेको थियो ।

कम्पनीलाई टिबिअइ प्रकाशन प्रा. लिले २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको रूपमा पनि नाम दिइएको थियो र “कारोबार उत्कृष्टता पुरस्कार“ प्रदान गरिएको थियो। २०२२ मा कर्पोरेट क्लब नेपाल प्रा. लिले बीमा सेवामा कर्पोरेट उत्कृष्टताको लागि “एच. आर. एम. नेपाल अवार्ड’ बाट सम्मानित गरिएको थियो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले (इक्रा–एनपी) ए रेटिङ सम्मान गरेको छ । शिखर इन्स्योरेन्स ‘ए’ रेटिङ प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*