फ्युचर बोनस प्रोभिजनिङ्गमा सहुलियत दिने बीमा प्राधिकरणको निर्णय, ३५ प्रतिशत प्रोभिजन अनिवार्य

रिना खत्री
२३ मंसिर २०७९, शुक्रबार १७:३४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले फ्युचर बोनस प्रोभिजनिङ्गको व्यवस्था संसोधन गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई सहुलीयत दिँदै फ्युचर बोनस प्रोभिजनिङ्ग ५ प्रतिशतले घटाएको हो ।

प्राधिकरणको नयाँ व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुलाई न्युनतम ३५ प्रतिशत कायम गनुपर्नेछ । प्राधिकरणले आज जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिँदै गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणमा फ्युचर बोनस प्रोभिजनिङ्ग न्युनतम ३५ प्रतिशत कायम गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले जारी गरेको जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमांकीय मूल्यांकन सम्बन्धी निर्देशिका २०७७ अनुसार फ्युचर बोनस प्रोभिजनिङ्ग पाँच वर्षमा शत प्रतिशत पुर्याउनु पर्ने व्यवस्था छ ।उक्त व्यवस्था अनुसार बीमा कम्पनीहरुले गत आर्थिक वर्ष भित्र वित्तीय विवरणमा प्रोभिजनिङ्ग ३५ प्रतिशत र आगमी तीन आर्थिक वर्ष भित्र ५० प्रतिशत पुर्याउन निर्देशन दिएको हो ।

जीवन बीमा कम्पनीहरुको मुनाफामा प्रत्यक्ष प्रभाव देखिएको भन्दै पछिल्लो समय दबाब दिँदै आएका थिए । उक्त मागलाई सम्बोधन गर्दै बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई सहलीयत दिँदै यस्तो निर्देशन दिएको हो ।

फ्यूचर बोनस प्रोभोजिङ्ग भनेको के हो  ? 

फ्यूचर बोनस प्रोभोजिङ्ग भनेको जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने जीवन बीमा पोलिसीमा बीमितलाई भुक्तानी गर्नुपर्ने बोनसलाई अग्रिम रुपमा प्रोभिजन गर्नुपर्ने व्यवस्था हो । अर्थात कम्पनीले जारी गर्ने पोलिसी र सो पोलिसीको लागि तोकेको बोनस रकम ।

कम्पनीले पोलिसी अवधिभरमा भुक्तानी गर्ने बोनसलाई अग्रिम रुपमा हिसाब गरी बीमा कोषमा जम्मा गर्ने व्यवस्था हो । जीवन बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्यांकनपछि आफु खुशी यस्तो खालको प्रोभिजन गर्दै आएका थिए ।

कम्पनीहरुले जारी गरेको पोलिसीमा तोकेको बोनस रकम भुक्तानी गर्न नसक्ने अवस्था देखिएपछि प्राधिकरणले आव २०७५र७६ मा यस्तो प्रोभिजन शतप्रतिशत  गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणको यस्तो व्यवस्थापछि कम्पनीहरुको ठूलो रकम प्रोभिजनमा थुप्रियो । फलस्वरुप कम्पनीहरुको बोनसदर घट्न सक्ने देखियो । नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन ९एलआइसी० जस्ता पुराना र ठूला ठूलो कम्पनीहरुमा यसको असर देखिन थाल्यो ।
त्यसैले कम्पनीहरुले प्राधिकरणमा प्रोभिजन रकम घटाउन दबाब दिँदै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*