प्रभु इन्स्योरेन्स र पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा एक दिने सेमिनार सम्पन्न
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले एकदिने सेमिनार सम्पन्न गरेको छ । कम्पनीले मंसिर २१ गते कम्पनी र स्टडी ग्रुप फर बैंकिङ्ग एण्ड इन्स्योरेन्स, स्कूल अफ बिजनेश, पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा “रोल अफ ननलाइफ इन्स्योरेन्स फर इकोनोमिक डेभलप्मेन्ट अफ नेपाल” बिषयमा एक दिने सेमिनार सम्पन्न गरेको हो ।
पोखरामा सम्पन्न भएको उक्त सेमिनारमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य, दावी बिभाग प्रमुख बत्सल ढकाल, ए.एम.एल.तथा जोखिम व्यवस्थापन बिभाग प्रभुख गंगा प्रसाद रेग्मी, रिसोर्स पर्सन सैयम बज्राचार्य र बीमा सर्भेयर बुद्धि अधिकारीले निर्जीवन बीमा सम्वन्धी आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी पोखरा बिश्वबिद्यालयको तर्फबाट फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडीका डिन डा.दयाराज ढकाल, स्कूल अफ बिजनेशका डाइरेक्टर प्राध्यापक श्रृजन ज्ञवाली तथा प्राध्यापक डा. रबिन्द्र घिमिरेले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्दै यस किसिमको सेमिनारबाट बिश्वबिद्यालय तहमा अध्ययनरत बिद्यार्थीहरुले निर्जीवन बीमा सम्वन्धी बिविध ज्ञान बृद्धि भई बीमा सम्वन्धी जनचेतना बृद्धि हुने बिश्वास गरे ।
उक्त कार्यक्रममा बिबिए।बिआई तहमा अध्ययनरत एक सय पचास भन्दा बढि बिद्यार्थीहरुको सहभागिता थियो ।