सूचनाको हकमा महिला सहभागीताको जोड

२१ मंसिर २०७९, बुधबार १९:३२

काठमाडौं। राजनितिक लैंङ्गिक हिंसा न्यूनीकरणमा सूचनाको हक बिषयक गोष्ठी आज काठमाडौंमा सम्पन्न भएको छ। काठमाडौंको होटल मल्लमा आयोजना गरिएको कार्यक्रम राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि महिला, बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री उमा रोग्मी, सूचना आयूत कमला ओली, निर्वाचन आयोगका सचिव गोकर्णमणी दवाडी र र सूचना आयोगका सचिवको प्रमुख उपस्थितीमा सुरु गरिएको थियो।

कार्यक्रममा सूचनाको हकमा महिलाको सहभागीतामा जोड दिईनुपर्ने बिषयमा अधिकारीहरुले आवाज उठाएका थिए । महिलाहरुले अझै पनि हिंसामा पर्दै आएको कुरा उठाँउदै १५ बर्षको अवधिमा यसको निराकरणको लागि धेरै कामहरु भएको कार्यक्रममा उपस्थितहरुले बताएका थिए ।

कार्यक्रममा महिलाहरुको बिषयलाई लिएर कार्यपत्र प्रस्तुती गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*