महालक्ष्मी लाइफद्धारा बीमा बापतको रकम भुक्तानी
२० मंसिर २०७९, मंगलवार १३:४१
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखा कार्यालय मुसीकोटले १० लाख ७५ हजार मृत्यु हक दाबी रकम भुक्तानी गरेको हो।
गाडी दुर्घटनामा परि मृत्यु भएका रुकुम पूर्व पथाउत्तरगंगा गाउँपालिका ८ का पूर्णबहादुर बुढाको श्रीमतीलाई १० लाख ७५ हजार मृत्यु हक दाबी रकम भुक्तानी गरिएको हो । असोज ६ गते काठमाडौंबाट रुकुम पूर्व आदै गरेको गाडी दर्घटनामा परि मृत्यु भएका बुढाकी श्रीमती सोनिया बुढालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।