काठमाडौं महानगरपालिकाद्धारा करार सेवामा कर्मचारी माग

२० मंसिर २०७९, मंगलवार ११:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवाको लागि कर्मचारी माग गरेको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

महानगरपालिकाले सम्पादन गर्ने पुर्वाधार सम्बन्धी कामका लागि करार सेवामा इन्जिनियर पदमा कर्मचारी माग गरेको छ । महानगरपालिकाले सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर लगायतका पदको लागि कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले ७ दिन भित्रमा आवश्यक कागजात सहित कार्यालयमा पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*