निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १३ अर्ब माथि, कुनको कति ?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा १३ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधकिरणको तथ्याङक अनुसार निर्जिवन बीमा कम्पनीहरुले ९ लाख १९ हजार १३८ वटा बीमा लेख जारी गरी १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यस त्रैमासको अवधिसम्ममा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ। कम्पनीले फास ट्रयाकको विजनेस भित्रयाएसँगै बीमाशुल्क आर्जनमा अग्रस्थामा रहेको छ ।कम्पनीले यस त्रैमासकाससम्मा १ अर्ब ३१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएकोछ ।
दोस्रो स्थानमा सर्वाधिक कारोबार गर्दै आएको शखिर इन्स्योरेन्स कम्पनी रहेको छ ।कम्पनीले कात्रिक मसाँनतसम्ममा १ अर्ब २७ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधसिम्ममा १ अर्ब ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
बीमा प्राधकिरणको तथ्याङक अनुसार नेकोले १ अर्ब ४ करोड, सिद्धार्थले ९४ करोड ५५ लाख, हिमालयन एभरेष्टले ९० करोड ९६ लाख, एनएलजी इन्स्योरेन्सले ७८ करोड ७ लाख, प्रिमियरले ६९ करोड ४६ लाख, लुम्बिनी जनरलले ६६ करोड ५५ लाख रुपैयाँ, आइएमई जनरलले ६१ करोड १८ लाख, अजोड इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ५५ करोड ३३ लाख, ओरिएण्टलले ५० करोड २९ लाखकुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, प्रभु इन्स्योरेन्सले ४८ करोड ९२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ४३ करोड ८७ लाख, यूनाइटेड इन्स्योरेन्सले ४१ करोड १७ लाख, नेशनल इन्स्योरेन्सले ३७ करोड १६ लाख, सानिमा जनरलले ३० करोड १९ लाख, जनरल इन्स्योरेन्सले २६ करोड ५० लाख रुपैयाँ, सानिमा जिआइसीले ११ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।