नेपाल लाइफ इन्स्योरेन्सद्धारा नगद लाभांश वितरण गर्न सुरु
२० मंसिर २०७९, मंगलवार ०८:२३
नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्न सुरु गरेको छ । २२औं वार्षिक साधारण सभाबाट पारित भएको १५ दशमलव ७८ प्रतिशत नगद लाभांश आफना शेयरधनीको बैंक खातामा पठाएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश शेयरधनीले उल्लेख गरेको बैंक खातामा पठाएको हो ।
कम्पनीले सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेको थियो । जसका कारण कात्तिक १७ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।