७० जना बिद्यार्थीमाझ आइएमई लाइफको बीमा साक्षरता कार्यक्रम

१९ मंसिर २०७९, सोमबार १४:३६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तुलसीपुुर दाङ शाखाले बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मेट्रो कलेज तुलसीपुर, दाङमा शनिवारको दिन सो कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले ७० जना विद्यार्थीमाझ बीमाको महत्व र बीमा क्षेत्रको बारेमा जनचेतना फैलाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमबाट प्रभावित भई १५ जना भन्दा बढी विद्यार्थी कम्पनीको सम्पर्कमा रहेको र उनीहरु बीमा क्षेत्रप्रति सकरात्मक रहेको तुलसीपुर दाङ शाखाका चिफ एजेन्सी म्यानेजर किरन पुनले बताए ।

तुलसीपुर दाङ शाखाका चिफ एजेन्सी म्यानेजर किरन पुन र ब्रान्च म्यानेजर हिमाल खड्काले उक्त बीमा जनचेतनामूलक कार्यक्रममा विद्यार्थीहरुलाई बीमा सम्बन्धी जानकारी दिएका थिए ।

May be an image of 7 people, people standing and outdoors

बीमा क्षेत्रको बारेमा आम जनसमुदायलाई जानकारी दिलाउनु, बीमा गर्न प्रोत्साहन गर्नु तथा बीमाको महत्वबारे जानकारी गराउनु नै यस कार्यक्रमको प्रमुख उदेश्य रहेको दाङ शाखा प्रमुख खड्काले बताए ।

May be an image of 7 people, people standing and indoor

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*