नेको इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा
१९ मंसिर २०७९, सोमबार १०:३७
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैंठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।