सामाजिक विकास कार्यालय डोटीद्धारा सुदृढीकरण कार्यक्रम सम्पन्न, ९ वटै स्थानीय तहलाई टेलिभिजन र स्मार्ट फोन वितरण

१८ मंसिर २०७९, आईतवार १४:४५

काठमाडौं । सामाजिक विकास कार्यालय डोटीले आयोजना गरेको सुुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रारम्भिक बालबिकास तथा शिक्षा (इडिसी) कक्षाहरुमा श्रव्य दृश्य सामाग्री मार्फत सिकाईका लागि डोटी जिल्लामा रहेका ९ वटै स्थानीय तहका बालविकास केन्द्रको सुदृढीकरण गर्ने उदेश्यका साथ सो कार्यक्रम डोटीको शिक्षा तालिम केन्द्र, दिपायलमा मंसिर १७ गतेका दिन सम्पन्न भएको हो ।

कार्यक्रममा डोटी जिल्लाका सम्पुुर्ण स्थानीय तहका १ विद्यालयबाट १ जना प्रधानाध्यापक र बाल विकास केन्द्रका शिक्षकको उपस्थिति रहेको थियो । कार्यक्रमले साना साना नानी बाबुको शिक्षा क्षेत्रको विकासमा टेवा र सहयोग पुुर्याउने भएको छ ।

उक्त कार्यक्रममा बालविकास केन्द्रका प्रधानाध्यापक र शिक्षकहरुलाई उक्त प्रविधि बारे अनुशिक्षण गराएको थियो । ४२ इन्चको स्मार्ट टिभी र स्मार्ट फोन प्रयोग गरी इलेक्ट्रोनिक बुकहरुमा चिप्स लगाइएको हुन्छ र उक्त चिप्समा सेन्सर पेनले छुंदा उक्त अक्षर पढेर आवाज आउने र टिभिमा देखिने छ । जस कारणले गर्दा बालबालिकाले सजिलै अध्ययन गर्न सक्नेछन् ।

देशको शिक्षा प्रणाली नै आधुनिक तर्फ अग्रसर भईरदा जुनसुुकै क्षेत्रमा पनि उच्च प्रतिस्प्रधा रहेको कारण र वालवालिकाको शिक्षण कार्यलाई अझ सुधारको लागि डोटी जिल्लाका ९ वटा स्थानीय तहका विद्यालयलाई १ वटा टेलिभिजन र १ वटा स्मार्ट फोन वितरण गरेको कार्यलय प्रमुख जयदेव महराले बताए ।

सामाजिक विकास कार्यालय डोटीले पछिल्लो समय विभिन्न प्रकारका शैक्षिक भवन निर्माण गर्ने, महिला शसक्तीकरण गर्ने, परम्परागत ज्ञान सिपलाई युुुवा पुस्तामा हस्तान्तरण गर्ने तथा विभिन्न विभेदका विरुद्धमा काम गर्दै आईरहेको छ ।

तस्विरहरुः

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*