नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न

९ मंसिर २०७९, शुक्रबार ११:१३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशको धनगढीमा बीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

सिइओ खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाइ अझबढी सक्षम र ब्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले यश प्रकारको कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र सोही क्रममा धनगढीमा यो कार्यक्रम आयोजना गरिएको बताए ।

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसै गरि कार्यक्रममा उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरुलाइ सिइओ खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए ।

कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले सिइओबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बतााए ।
कम्पनीको सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*