नेपाल पुनर्बीमा कम्पनीको ४ लाख रुपैयाँसम्मको शोधवृत्तिमा आवेदन दिने म्याद थप

८ मंसिर २०७९, बिहीबार ११:०१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्न आवेदन पेश गर्ने समयावधि थप गरेको छ ।

कम्पनीले गत भदौ १६ गते विश्वविद्यालयका स्नाकोत्तर, एम.फिल र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी।शोधार्थीलाई उनीहरुको शैक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रबन्धको लागि सामाग्री हुनेगरी शोधबृत्ति रकम प्रदान गर्ने प्रयोजनका लागि कात्तिक ३० गतेसम्म मात्रै आवेदन दिने म्याद रहेकोमा आवेदन म्याद थप गरि पुष १७ गतेसम्म आवेदन दिन पाउने गरी समयावधि थप गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९।८० को बजेटबाट उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।

पुनर्बीमा कम्पनीले लिएका उद्देश्यहरुमध्ये पुनर्बीमा तथा बीमा क्षेत्रका विभिन्न विषय तथा जोखिम समूहहरुको पहिचान, विश्लेषण, मापन, अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने विषयलार्य पूरा गर्ने गरी नेपाल पुनर्बीमा कम्पनीको शोधवृत्ति संचालन कार्यविधि २०७८ तथा आव २०७९।८० को लागि स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपालमा जोखिम व्यवस्थापन, बीमा, पुनर्बीमाका सिद्धान्त र अभ्यासको प्राज्ञिक प्रबर्द्धन गर्न र बीमा सम्बन्धमा प्रमाणमा आधारधित नीति निर्माणमा उपयोगी हुने ज्ञानको विस्तारको लागि उक्त शोधवृत्ति प्रदान गर्न लागिएको हो ।

कम्पनीले विश्वविद्यालयका स्नाकोत्तर, एमफिल र विद्यावरिधि तहमा अध्ययनरत विद्यार्थी।शोधार्थीलाई उनीहरुको शैक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रबन्धकको लागि सामाग्री हुनेगरी आधारभूत प्राज्ञिक अनुसन्धान गराउन शोधवृत्ति रकम प्रदान गर्ने प्रयोजनका लागि प्रतिस्पर्धाद्धारा विद्यार्थीहरुको छनौट गर्नुपर्ने भएकोले सूचना प्रकाशित गरेको हो ।

कम्पनीले स्नाकोत्तर तहका विद्यार्थीलाई एक लाख, एमफिल तहका विद्यार्थीलाई दुई लाख र विद्यावारिधि तहका विद्यार्थीलाई चार लाख रुपैयाँ शोधवृत्ति उपलब्ध गराउने जनाएको छ । इच्छुक विद्यार्थीले उक्त शोधवृत्ति रकमका लागि पुष १७ गतेसम्म कम्पनीको इमेल मार्फत आवश्यक कागजात पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*