नेप्सेमा नेशनल लाइफको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

७ मंसिर २०७९, बुधबार १६:३०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ५९९ रुपैयाँ ८० पैसाका आधारमा बोनस शेयर शेयर वितरणपछिको शेयरमूल्य नेप्सेले ५२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ। सोही मूल्यकै आधारमा भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।

कम्पनीले १५ प्रतिशत बोनस शेयर पारितका लागि मंसिर १८ गते, आइतबार आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*