प्रुडेन्सियल इन्स्योरेन्सद्धारा दुई संचालक नियुक्त
७ मंसिर २०७९, बुधबार १०:४१
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको संचालकमा बिबेक बिजुक्छे नियुक्त भएका छन् ।
कम्पनीको मंसिर ६ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूह (क) बाट संचालक पदमा बिजुक्छेलाई नियुक्त गरेको हो । त्यस्तै, सोही बैठकले सर्वसाधारण समूहबाट संचालक पदमा नमिता शर्मालाई नियुक्त गरेको छ ।