१९ जीवन बीमा कम्पनीका नारा कस्ता ? अधिकांशको बचत र विश्वासमा जोड

६ मंसिर २०७९, मंगलवार १५:००

काठमाडौं । हाल नेपालमा बीमा प्राधिकरणबाट मान्यता प्राप्त १९ बटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । उक्त सञ्चालित कम्पनीहरुका आ–आफ्नै फरक फरक नाराहरु रहेका छन् ।बीमा कम्पनीहरुको मुख्य नाराले पनि बीमितहरुलाई बीमा गर्न अभिप्रेरित गरेको हुन्छ । मुख्य स्लोगन अनुसार बीमा कम्पनीहरुले व्यवसाय गर्दै अघि बढेका छन् ।

बीमा कम्पनीहरुले आफ्ना नाराहरु मार्फत नै कम्पनीहरुले आफुलाई जनताको बीचमा प्रवद्र्धन गरिरहेका छन् । कम्पनीले राखेका विभिन्न नाराहरुले बीमितहरुलाई थप बीमा गर्न प्ररित गर्दछ । कम्पनीले आफूहरुले राखेको नारा के कुरा केन्द्रित छन् । धेरै कम्पनीहरुले भावी जीवनको सुरक्षाको लागि बीमा भन्ने हेतुले नारा राखेका छन् । अधिकांश बीमा कम्पनीहरुले जोखिम, जोखिम रक्षावरण, जीवन सुरक्षा भन्ने नारामा केन्द्रीत हुने गरेका छन् ।

जीवन बीमा कम्पनीहरु कसका नारा कस्ता ?

नेपालकै सबैभन्दा ठूलो नेपाल लाइफ इन्स्योरेन्सको मुख्य नारा ‘किनकी जीवन अमुल्य छ..’ रहेको छ । त्यस्तै, लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आफ्नो नाराको रुपमा ‘जीवन रहँदा पनि जीवन पश्चात पनि’ राखेको छ ।कम्पनीहरुले आफ्नो व्यापार व्यवसाय सुहाउँदो र आफ्ना ग्राहकहरुलाई विश्वास दिलाउनको लागि यस्ता नाराहरु बनाउने गर्दछन् ।

सरकारी स्वामित्वमा समेत रहेको पहिलो जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान हो । जसको नारा ‘बीमा क्षेत्रको विश्वसनिय नाम’ रहेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्सको कर्पोरेशनको ‘जीवन रहदा पनि जीवन पश्चात पनि’ नारा रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ‘समृद्धि तपाईको, साथ हाम्रो’ नारा रहेको छ ।

जीवन बीमा कम्पनीहरुले पछिल्लो समय नेपालमा राम्रो बजार बनाउन सफल भएका छन् । युनियन लाइफ इन्स्योरेन्सकोले ‘जीवन अमुल्य छ, सुरक्षित गर्नुहोस’ भन्ने नारा सहित आफुलाई नेपाली बीमा बजारमा सफल बीमा कम्पनीको परिचय बनाएको छ । त्यस्तै, रिलायबल लाइफको नारा reliable forever नारा रहेको छ । एशियन लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीको नारा ‘सबैको लागि सधैको लागि सुरक्षा’ रहेको छ ।

यसै सम्बन्धमा सुर्या लाइफको your future, our responsibility नारा रहेको छ । सन नेपाल लाइफको नारा ‘सबैको लागि सुरक्षा, शिक्षा र समृद्धि’ रहेको छ । ज्योति लाइफ इन्स्योरेन्सको ‘सधै तपाईको साथ’ नारा रहेको छ ।  आइएमई लाइफ इन्स्योरेन्सको  ensuring future नारा रहेको छ । मेट लाइफ इन्स्योरेन्सको नारा ‘तपाईसँगै जीवनमा अघि बढ्दै’ रहेको छ भने प्रभु लाइफ इन्स्योरेन्सको ‘विश्वास, सुरक्षा, सम्वृद्धि’ नामको नारा रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको आफ्नो नारा ‘खुलेर जिऔ’ छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको नारा secured future नारा रहेको छ । सानिमा लाइफ इन्स्योरेन्सको नारा ‘निश्चन्त भव…’ रहेको छ । माहालक्ष्मी लाइफ इन्स्योरेन्सको नारा ‘आज पनि भोलि पनि, बचत पनि, सुरक्षा पनि’ रहेको हो ।

त्यस्तै, गुरासँ लाइफ इन्स्योरेन्सको ‘बाचुञ्जेल आफैलाई उपदान, भविष्यमा सन्ततीलाई बरदान’ नामको नारा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*