नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मंसिर ८ गते बुकक्लोज गर्ने भएसँगै भोलि (मंसिर ७) गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
सोही प्रस्तावित लाभांश पारितका लागि कम्पनीले मंसिर १८ गते, आइतबार आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।