सिन्धुपाल्चोक–१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि

६ मंसिर २०७९, मंगलवार ०७:१२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा (एमाले)का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं १ प्रदेस १ मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल दुई हजार १६३ नेकपा एमालेका अमान सिं तामाङले एक हजार २४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै समानुपातिक मत गणना पनि जारी रहेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गर्नुभएको छ ।जारी मतगणनामा बस्नेतले दुई हजार दुई सय ३६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले एक हजार दुई सय ८६ मत प्राप्त गर्नुभएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*