नेपाल बीमा प्राधिकरणका निर्देशक कर्णलाई मातृशोक

५ मंसिर २०७९, सोमबार २०:०९

काठमाडौं । बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल कर्णलाई मातृ शोक परेको छ । उनको ममतामयी आमा रुकमिनी देवको ८३ बर्षको उमेरमा हिजो विहान निधन भएको हो ।

लामो समयदेखि रगत लगायतमा समस्याका कारण नर्भिक अस्पतालमा उपचार हुँदै आएको थियो । मुटुको चाल अनियमित हुँदै गएपछि गत सोमबार पछिल्लो पटक नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । सिसियुमा उपचार गर्दा गर्दै आइतबार विहान २ः३० बजेको समयमा निधन भएको कर्णको परिवारले जनाएको छ ।

महोत्तरी, जलेश्वर वडा नं ४ सुगाहाका स्थायी बासिन्दा रुकमिनी देवको आइबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । रुकमिनी देवको दुई छोरा दुई छोरी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*