रिलायबल नेपाल लाइफद्धारा मंसिर २९ गतेसम्म विलम्ब शुल्क नविकरण गर्दा सतप्रतिशत छुट
३ मंसिर २०७९, शनिबार १०:००
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ ।
कम्पनीले यहि मंसिर १ गतेदेखि मंसिर २९ सम्म ब्यतित भएका बीमालेखहरु पुनर्जागरण गराउदा बिलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने भएको हो ।
कम्पनीका अनुसार ब्याज छुट गर्ने प्रयोजनका लागि २ बर्ष अगाडि देखि व्यतित भएका बीमा लेखहरुलाई मात्र समाबेश गरिने र यस्तो छुट बीमा अवधि भरि एक पटक मात्र प्रदान गरिने भएको छ ।