लिडर कम्पनी शिखर ,नेको इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच तुलनात्मक बिश्लेषण, कसको अवस्था कस्तो ?

२ मंसिर २०७९, शुक्रबार १८:०९

काठमाडौं । शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी हुन् । अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ। बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा बीमा पोष्टले तीन निर्जीवन बीमा कम्पनीलाई दाँजेर तुलानात्मक बिश्लेषण गरेको छ।

चुक्ता पुँजिको आधारमा

चुक्ता पुँजिको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ। कम्पनीको चुक्ता पुँजि २ अर्ब २८ करोड रुपैयाँ रहेको छ।दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पुँजि १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।

तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीका चुक्ता पुँजि १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।

बीमा कोषको आधारमा

बीमा कोषको आधारमा पनि शिखर इन्स्योरेन्स कम्पनीको नै अग्रता रहेको छ। कम्पनीको बीमा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ रकम संचित रहेको छ।
त्यस्तै, नेको इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ४० करोड रुपैयाँ र सगरमाथाको बीमाकोषमा १ अर्ब २३ करोड रुपैयाँ रकम संचित रहेको छ।

जगेडा कोषको आधारमा

जगेडा कोषको आधारमा तुलनात्मक बिश्लेषण गर्दा शिखर अगाडि रहेको छ। कम्पनीको जगेडा कोषमा ७५ करोड ७१ लाख रुपैयाँ रकम संचित रहेको छ ।

दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको जगेडा कोषमा ५१ करोड रुपैयाँ रकम संचित रहेको छ।
तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको जगेडा कोषमा ४४ करोड रुपैयाँ रकम संचित रहेको छ।

महाविपत्ति कोषको आधारमा

बीमा कम्पनीहरुको महाविपत्ति कोषको आधारमा पनि शिखर नै अगाडि रहेको छ। कम्पनीको महाविपत्ति कोषमा १३ करोड रुपैयाँ रकम संचित रहेको छ।
त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको कोषमा १२ करोड रुपैयाँ र नेको इन्स्योरेन्सको कोषमा ९ करोड ९८ लाख रुपैयाँ रकम संचित रहेको छ।

कुल बीमाशुल्क आर्जनको आधारमा

तीन बीमा कम्पनीहरुमध्ये यस त्रैमाससम्ममा सदाझै अग्रस्थानमा कारोबार गर्ने शिखर इन्स्योरेन्स कम्पनी नै अगाडि रहेको छ।
कम्पनीले प्रथम त्रैमासको अवधिसम्ममा १ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्म्मा ८५ करोड रपैयाँ र नेकोले ८२ करोडल रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

व्यवस्थापन खर्च
व्यवस्थापन खर्चको आधारमा हेर्ने हो नेको इन्स्योरेन्स अगाडि रहेको छ। कम्पनीको व्यवस्थापन खर्च १२ करोड माथि रहेको छ।
दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको व्यवस्थापन खर्च ११ करोड ४१ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, ८ करोड ९५ लाख रुपैयाँ रहेकोछ ।

खुद नाफाको आधारमा
खुद मुनाफाको आधारमा हेर्दा शिखर इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । शिखर इन्स्योरेन्स कम्पनीको खुद नाफा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । यस त्रैमाससम्मा कम्पनीले ६ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले यस त्रैमाससम्ममा ३ करोड २५ लाख रुपैयाँ रहेको छ।

प्रतिशेयर आम्दानीको आधारमा

प्रतिशेयर आम्दानीको आधारमा शिखर इन्स्योरेन्स अगाडि रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६० पैसा रहेकोछ ।  दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा रहेको छ।
तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा रहेको छ।

प्रतिशेयर नेटवर्थको आधारमा

प्रतिशेयर नेटवर्थको आधारमा हेर्ने हो भन सगरमाथा इन्स्योरेन्स कमपनी अगाडि रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २३५।४४ रहेको छ।

दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१५।५८ रहेको छ।
त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१०।६८ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*