नेप्सेमा सूचीकृत १७ कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ? (सूचीसहित)
काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट नेप्सेमा सूचीकृत १७ कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । २५ भन्दा बढी कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेपनि केही कम्पनीहरुले प्रस्तावित लाभांश साधारण सभा गरि पारित समेत गरिसकेका छन् ।
जसमध्ये १७ कम्पनीले भने साधारण सभा गर्न बाँकी छ । सो मध्ये ९ बैंक, ४ वटा बीमा कम्पनी, एक लघुवित्त संस्था र ३ वटा अन्य कम्पनी रहेका छन् । यीमध्ये पनि केही कम्पनीले साधारण सभाको मिति तोकिसकेका छन् भने अधिकांशले साधारण सभाको मिति तोक्न बाँकी रहेको छ ।
१७ कम्पनीमध्ये १६ कम्पनीले यस आर्थिक वर्षमा गत आर्थिक वर्षको लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ भने सो मध्ये प्राइम लाइफ इन्स्योरेन्सले भने यो वर्ष अघिल्लो आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
लाभांश प्रस्ताव गर्ने बैंकहरुमा बैंक अफ काठमाण्डू, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र गरिमा विकास बैंक रहेका छन् ।
त्यस्तै बीमा कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स रहेको छ । त्यस्तै, लघुवित्त संस्थामा जाल्पा सामुदायिक लघुवित्त रहेको छ । त्यस्तै, अन्य तीन कम्पनीमा सोल्टी होटल, माउन्टेन इनर्जी नेपाल र युनिलिभर नेपाल लिमिटेड रहेका छन् ।
१७ कम्पनीले प्रस्ताव गरेको लाभांश सूची :