शिखर इन्स्योरेन्स १९ औ बर्षमा, आधा दर्शकदेखि लगातार उत्कृष्ट, हुम्लादेखि संखुवासभासम्म बीमाको पहुँच विस्तारमा
काठमाडौं । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रुपमा संचालनमा आएको शिखर इन्स्योरेन्स कम्पनी आजबाट १९ औं वर्षमा प्रवेश गरेको छ। कम्पनी आधा दशकभन्दा बढी समयदेखि नेपालको उत्कृष्ट निर्जिवन बीमा कम्पनकिो रुपमा उभ्याउन सफल भएको छ । कम्पनीले पश्चिम नेपालको विकट हुम्ला, डोल्पा, कालिकोट देखि पूर्वी नेपालको संखुवासभासम्म बीमाको पहुँच पुर्याई बीमा सेवा प्रवाह गर्दै आईरहेको छ ।
निर्वाचन अचारसंहिताको कारण कुनै औपचारिक कायक्रम नगरी देशव्यापी रुपमा रक्तदान सप्ताह कार्यक्रम सम्पन्न गरी कम्पनीले आफ्नो वार्षिकउत्सव मनाएको हो । देशव्यापी रुपमा रक्तदान कार्यक्रमहरु गरेर बार्षिकोत्सव भव्य रुपमा मनाउदै छ । कम्पनीले बार्षिकोत्सवको अवसरमा सिईओ दीप प्रकाश पाण्डेले डिजिटल ट्रान्सफरमेसनमार्फत बीमा सेवालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।
डिजिटल सन्देशमार्फत सिईओ पाण्डेले कर्मचारी क्षमता अभिवृद्धि मार्फत आम जनताले पाउने बीमा सेवा अझै सरल बनाउने प्रतिवद्धता जनाउदै नियामक निकाय, नेपाल सरकार, बीमित र कर्मचारी सबैमा आभार व्यक्त गरेका छन् ।
कात्तिक २७ बाट सुरु भई मंसिर २ सम्म देशभर सातै प्रदेशमा सम्पन्न हुने रक्तदान कार्यक्रममा मंसिर १ गतेसम्म बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु, खेलाडी, विद्यार्थी, बीमा सर्भेयर, एजेन्ट तथा सर्वसाधारण जनता गरी एघार सय भन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् भने आजसम्ममा करिब पन्ध्र सय व्यक्तिहरुबाट रक्तदान गरिने अपेक्षा रहेको छ।
१८ वर्ष अघि आजैका दिनबाट औपचारिक रुपमा कारोबार सुरु गरेको कम्पनी आज देशकै सबैभन्दा अग्रणी निर्जिवन बीमा कम्पनीको रुपमा सेवा प्रवाह गर्दै आएको छ ।वि.सं. २०६१ सालमा १५ औं निर्जिवन बीमा कम्पनीको रुपमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना को छोटो समयमै आम जनमानसमा भिन्न प्रकारको छाप छोड्दै नेपालको अब्बल बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।
१० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीको हाल २ अर्ब २८ करोडको चुक्ता पुँजी रहनुका साथै ४ अर्ब ८१ करोडको नेटवर्थ सहित निजि क्षेत्रबाट प्रवद्र्धित बीमा कम्पनीहरुमध्ये सबै भन्दा बढी नेटवर्थ रहेको निर्जिवन बीमा कम्पनीका रुपमा स्थापित गर्न सफल भएको छ ।
चुक्ता पुँजी, नेटवर्थ, शाखा संजाल, कर्मचारी संख्या, बीमा शुल्क तथा दाबी भुक्तानी, सोल्भेन्सी मार्जिन लगायत अन्य प्रमुख सुचकांकमा शिखर इन्स्योरेन्स अन्य बीमा कम्पनीहरु भन्दा अग्रणी स्थानमा रहेको छ । स्थापनाको १८ वर्षकोअवधिमा शिखर इन्स्योरेन्सले नगद लाभांस तथा बोनस शेयर गरी सर्वाधिक २७५ प्रतिशतको शेयरधनी प्रतिफल प्रदान गरेको छ ।साथै स्थापनाको १८ वर्षको अवधिमा यस कम्पनीले १७ अर्व भन्दा बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीबाट चुस्त रुपमा हुने दाबी फछ्र्यौटकै कारण विश्वसनिय बीमा कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ ।
शिखर इन्स्योरेन्सले आ.व. २०७८।७९ मा नेपालको निर्जिवन बीमा क्षेत्रमै पहिलोपटक रु ५०० करोड भन्दा बढीको बीमा शुल्क संकलन गरी ऐतिहसिक सफलता हासिल गरेको थियो ।नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा, ताप्लेजुङ, संखुवासभा जस्ता दुर्गम भेगमा समेत गरी ११२ शाखा कार्यालयहरु मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।साथै बीमाको क्षेत्रलाई विस्तार गर्न नेपालको भौगोलिक तथा आर्थिक आवश्यकता अनुरुपको बीमालेख जारी गर्ने कार्यमा समेत शिखर इन्स्योरेन्सको उल्लेखनीय योगदान रहेको छ ।
नेपालमा मौसमी सुचकांकमा आधरित कृषि बीमा, सुचकांकमा आधरित बाढी बीमा, मोटर अतिरिक्त लाभ बीमा जस्ता बीमालेखहरु शिखर इन्स्योरेन्सले मात्र प्रदान गर्दै आएको छ ।२०६१ साल जेठ १५ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको शिखर इन्स्योरेन्स कम्पनीले २०६१ साल कार्तिक २६ गते बीमा समितिबाट निर्जिवन बीमा सेवा प्रवाह गर्ने लाईसेन्स पाएको थियो । बीमा समितिबाट लाईसेन्स पाएको एक साताभित्रै अर्थात मंसिर २ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको थियो ।
१९ औं बार्षिकोत्सवको अवसरमा शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दिप प्रकाश पाण्डेले सबै कर्मचारी, बीमित, लगानीकर्ता, सञ्चालकहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझै सरल र छरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सिईओ पाण्डेले १९ औं बार्षिकोत्सवको अवसरमा कम्पनीले व्यवसाय र मुनाफा मात्रै नहेरेर आम किसानहरुको उत्पादनको जोखिम बहन गर्न केन्द्रित हुँदै अघि बढ्ने बताए । सिईओ पाण्डेले भने, ‘हाम्रो ध्यान कृषि बीमामा नै हुनेछ । हो, मलाई थाहा छ, कृषि बीमामा ठूलो रकम घाटा छ, तर दीर्घकालिन रुपमा बीमाको विस्तार र देश विकासमा किसानलाई अघि बढाउन आम किसानको बीचमा हामी पुग्नै पर्छ ।’
कम्पनीले कृषि बीमालाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै सो क्षेत्रमा लगानी बढाउने समेत प्रष्ट पारेको छ । हाल शिखर इन्स्योरेन्स कम्पनीले मध्य पहाडी क्षेत्रमा कृषि क्षेत्रमा लगानी गर्दै समेत आएको छ ।शिखर इन्स्योरेन्स कम्पनी ११ प्रतिशत बजार हिस्सा सहित आफूलाई देशकै अब्बल कम्पनीको रुपमा स्थापित भइसकेको छ ।
मौसमी सुचकांक बीमालेख मार्फत दुर्गम भेगका किसानलाई भएको जोखिम तथा क्षतिको बीमा सुरक्षण प्रदान गरेकै कारण UK Aid बाट २०१९ मा ५०,००० पाउण्डस्ट्रलिङ सहितको पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ ।आगामी दिनमा समेत शिखर इन्स्योरेन्सले कृषि तथा पशुपक्षी बीमामा देशको आवश्यकता अनुरुप नविन बीमालेख सहित कृषि बीमाको विस्तार गर्नुका साथै देशभर स्वास्थ्य बीमाको विस्तार गर्ने योजना रहेको छ ।
यस १८ वर्षकोअवधीमा कम्पनीले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ । नेपालमा ए रेटिङ UK Aid प्राप्त गर्ने एक मात्र बीमा कम्पनीका रुपमा रहेको शिखर इन्स्योरेन्सले नेपाल सरकार कृषि विभागबाट “कृषि बीमा तथा दाबी फछ्र्यौट गर्ने उत्कृष्ट बीमा कम्पनी”को रुपमा समेत पुरस्कृत भएको छ भने विभिन्न संस्थाहरुबाट विभिन्न वर्षहरुमा Best Managed Insurance Company उबलथ तथा Insurance Company of the Year बाट समेत पुरस्कृत हुँदै आएको छ ।
साथै नेपाल सरकारबाट आर्थिक बर्ष २०७१।०७२ मा सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीका रुपमा सम्मानित हुनुका साथै नेपाल सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लि.बाट सबै भन्दा बढी नाफामुलक व्यवसाय प्रदान गरेकोमा समेत सम्मानित हुँदै आएको छ ।
आगामी दिनहरुमा कम्पनीका कर्मचारीहरुको दक्षता अभिवृद्धि गरी बीमा क्षेत्रको थप विकास गर्न स्वास्थ्य, कृषि तथा मौसम परिवर्तन संग सम्बन्धित जोखिम लगायत राष्ट्रको आवश्यकता अनुरुपको बीमालेख जारी गरी digital transformation सहित बीमाको विस्तार तथा बीमाको पहुँच अभिवृद्धि गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ।
तत्कालिन फिस्टेल एयरका मालिक राणा संस्थापक अध्यक्ष समेत हुन् । कम्पनी संस्थापना हुँदा बुद्ध एयरका सुरेन्द्र–बीरेन्द्र बस्नेत समुह, यति एयरलाइन्सका अध्यक्ष आङ छिरिङ शेर्पा, गौरव अग्रवाल, राजेन्द्र प्रसाद श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिप जंग पाण्डे, गोल्ड स्टार शुजका अमिर प्रताप जबरा लगायतकाहरु मुख्य रुपमा संलग्न थिए
।
स्थापनाको समयमा शिखर इन्स्योरेन्स कम्पनी १५ औं कम्पनीको रुपमा स्थापना भएको थियो । छोटो समयमा नै कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । कम्पनीले नेपालभर १२० भन्दा बढि शाखामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । स्वास्थ्य बीमा क्षेत्रमा क्यासलेस सेवा निकै लोकप्रिय छ भने कम्पनीको दावी भुक्तानी सेवा उत्कृष्ट छ ।
कम्पनीले भौतिक पूर्वाधार जनशक्तिको आधारमा समेत उत्कृष्टता प्रदर्शन गर्दै आएको छ । कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा पुल सञ्चालकको काम शिखर इन्स्योरेन्सले नै गरेको थियो । दावी भुक्तानीका लागि सरकारबाट रकम प्राप्त नभएर रोकिनु फरक कुरा तर कम्पनीले एक लाख ५० हजार भन्दा बढि दावी भुक्तानी व्यवस्थापन गर्न सफल हुनुले कम्पनीको कार्यक्षमता अभूतपूर्व रहेको देखिएको छ ।
शिखर इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा गत वर्ष नै आन्तरिक राजश्व कार्यालय सम्मानित गरिसकेको छ । शिखर इन्स्योरेन्स देशकै उत्कृष्ट रुपमा क्रेडिट रेटिङ एजेन्सी इक्राबाट ए रेटिङ पाउन सफल कम्पनी हो । इक्रा नेपालले सन् २०२० को फ्रेबुअरीसम्मको वित्तीय विवरण विश्लेषण गरेर रेटिङ गरेको हो ।कम्पनीको जोखिम, मुनाफा र तरता लगायतका वित्तीय विवरण अध्ययन गरेर सार्वजनिक गरेको रेटिङ अनुसार शिखर इन्स्योरेन्सले ए प्राप्त गरेको हो।
१८ औं वार्षिकउत्सवको उपलक्ष्यमा कम्पनीको सफलतामा साथ तथा योगदान प्रदान गरेका , कर्मचारी, बीमा अभिकर्ता तथा सर्भेयर, शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण नियमनकारी निकायहरुमा शिखर इन्स्योरेन्स परिवार हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।