प्रभु लाइफद्धारा ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२ मंसिर २०७९, शुक्रबार ११:२७

काठमााडौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको गल्कोट शाखा कार्यालयले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतक बीमित अनुप गौतमको बुबा अनन्त दत्त गौतमलाई ११ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बीमित गौतमको गत असोज १९ गते डेंङुको कारण १७ बर्षको उमेरमा भरतपुर मेडिकलमा मृत्यु भएको थियो ।

कम्पनीले मंसिर १ गते ताराखोला गाउँपालिका वडा नं. ३ को कार्यालयमा दावी भुक्तानी कार्यक्रम गर्दै उनको हकवालालाई बीमा वापतरको रकम प्रदान गरेको हो । सो कार्यक्रम संचालन प्रभुलाइफ इन्स्योरेन्स गल्कोट शाखाकी कर्मचारी अस्मिता महतले गरेकी थिइन् ।

कार्यक्रममा ताराखोला गा.पा. वडा न ३ का अध्यक्ष कर्ण बहादुर भण्डारी, प्रभु बैंक ताराखोला शाखाका शाखा प्रमुख चन्द्र बहादुर रोका, इलाका प्रहरी कार्यलयका हवल्दार बुद्धिप्रसाद अधिकारी, मृतकका बुबा अनन्त दत्त गौतम , प्रभु लाइफ इन्स्योरेन्सको सिनियर एजेन्सी म्यानेजर तथा ःम्च्त् कल्पना खत्री ,सिनियर एजेन्सी म्यानेजर दिपक थापा, अभिकर्ताहरु तथा स्थानीयहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*