सिद्धार्थ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ७८ करोडमाथि, अधिकांश सूचकमा सुधार

२ मंसिर २०७९, शुक्रबार ११:१०

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार इन्स्योरेन्सले सो अवधिसम्म उल्लेख्य निर्जिवन बीमा ब्यवसाय गरिएको देखिएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ७८ करोड ४३ लाख ५४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यो गत आवको तुलनामा १२.०९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले ६९ करोड ९७ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेको थियो ।

यता कम्पनीको जीवन बीमा कोषको आकार समेत उल्लेख्य बढेको छ भने जगेडा कोषको आकार भने घट्न पुगेको छ । जीवन बीमा कोष १८.२३ प्रतिशतले बढेर कोषमा १ अर्ब २० करोड ९९ लाख रुपैयाँ संचिती रहेको छ भने जगेडा कोषको आकार ३३.९६ प्रतिशतले घटेर कोषमा जम्मा २४ करोड २७ लाख रुपैयाँ मात्रै संचित रहेको छ ।  त्यस्तै, यता इन्स्योरेन्सले महाविपत्ती कोषमा भने ९ करोड ७६ लाख ३४ हजार रुपैयाँ छुट्याएको छ । यो गत आवको यसै अवधिको तुलनामा २४.७० प्रतिशतले बढी हो ।

 

कोषको आकारसँगै कम्पीको खुद बीमाशुल्क आर्जन समेत ३०.१५ प्रतिशतले बढेर ३९ करोड ८२ लाख ४३ हजार रुपैयाँ प्रिमियम कलेक्शन गरेको छ । साथै कम्पनीले सो अवधिसम्म १८ करोड २२ लाख २८ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । यो भुक्तानी गत आवको तुलनामा ३१.०७ प्रतिशत बढी हो ।

समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट आय शुन्य दशमलव ६९ प्रतिशत बढाएको छ भने व्यवस्थापन खर्च समेत १६.६२ प्रतिशत बढेको छ । खर्च बढेसँगै कम्पनीको नाफामा सामान्य गिरावट आएको छ । गत आवको असोज मसान्तसम्म ५४ करोड ३४ लाख रुपैयाँ नाफा गरेको यस कम्पनीले यस अवधिसम्म ५.६५ प्रतिशतले घटेर ५१ करोड २७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

यता कम्पनीको जारी बीमा पोलिसी संख्या भने बढेको छ । समिक्षा अवधिसम्म कम्पनीको जारी बीमापोलिसी संख्या ५.१६ प्रतिशत बढेर ५३ हजार ६३४ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ ३६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*