मंसिर ७ गतेभित्र प्रत्यक्षतर्फ मतगणनाको नतिजा सार्वजनिक गछौं: प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचनको तयारी अन्तिम चरणमा
१ मंसिर २०७९, बिहीबार १५:२७

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग अन्तिम तयारीमा पुगेको बताए ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी लगभग पुरा भएको जानकारी दिए । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले भने– ‘तयारी लगभग पुरा भएको छ ।’

त्यस्तै, उनले मंसिर ७ गतभित्र प्रत्यक्षतर्फ नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको उनले कार्यक्रममा बताए । मंसिर ४ गते मतदान भइसकेपछि ७ गतेभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने र २२ गते आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयुक्त थपलियाले बताए ।

उनले निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने बताए । त्यसक्रममा उनले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४ लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिए । त्यस्तै उनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*