नौ निर्जिवन बीमा कम्पनीहरुको खुद मुनाफा बढ्यो, आधा दर्जनको घट्यो (तथ्यांक सहित)

१ मंसिर २०७९, बिहीबार १४:२८

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमाससम्ममा आईपुग्दा आधा दर्जन निर्जिवन बीमा कम्पनीहरुको खुद नाफा आर्जन घटेको तथ्यांकमा देखाईएको छ। सम्रग निर्जिवन बीमाको व्यवसाय भने ३ प्रतिशतले घटेको छ ।

गत आर्थिक बर्षमा ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा ८८ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ ।

आठ कम्पनीको मुनाफा घट्यो

कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासमा सबैभन्दा धेरै घटेको जनरल इन्स्योरेन्स कम्पनीको घटेको छ । कम्पनीको मुनाफा गत आर्थिक बर्षको तुलनमा ५०।७८ प्रतिशतले घटेको छ।
त्यस्तै, दोस्रोमा सर्वाधिक कारोबार गर्ने सूचीमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको मुनाफा गत आर्थिक बर्षको तुलनामा ४७ ।२८ प्रतिशतले घटेको छ।
तेस्रोमा साउन १ गतेदखि एकिकृत कारोबार गरेको हिमालयन एभरेष्टको खुद मुनाफा ३४ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा बीमाशुल्क आर्जनमा चालु आर्थिक बर्षमा उल्लेख्नीय सुधार गरेको कम्पनीको मुनाफा १३ प्रतिशतले घटेको छ।
त्यस्तै, नेको इन्स्योरेन्सको ६ प्रतिशत, एनएलजी इन्स्योरेन्स ६ प्रतिशत, सिद्धार्थको ५ र प्रिम्रियमको ४ प्रतिशतले नाफा घटेको तथ्यांकमा देखाएको छ ।

वृद्धिदरको आधारमा

यस त्रैमाससम्मा नौ निर्जिवन बीमा कम्पनीहरुको मुनाफा बढेको छ । युनाईटेड इन्स्योरेन्सले यस त्रैमाससम्मा कम्पनीको मुनाफा सबैभन्दा धेरै बढेको छ। कम्पनीको मुनाफा गत आर्थिक बर्षएको तुलनामा ९० प्रतिशतले बढेको छ।

त्यस्तै, दोस्रोमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ७० प्रतिशतले बढेको छ ।
तेस्रोमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको मुनाफा २८ प्रतिशत, अजोडको १५ प्रतिशत, आइएमई जनरलको १५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ७ प्रतिशत, शिखर इन्स्योरेन्सको ०।९३ प्रतिशत, पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको ०।४५ प्रतिशतले बढेको कम्पनीहरुले प्रकाशन गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*