१४ महिनापछि अर्थतन्त्र उज्यालो दिशातर्फ, अर्थतन्त्रका सूचांकमा देखियो सुधार

१ मंसिर २०७९, बिहीबार ११:४०

काठमाडौ । नेपालको अर्थतन्त्रमा देखिएको गम्भिर अवस्था १४ महिनापछि सुधार हुँदै उज्यालोतर्फ अघि बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरण अनुसार देशको अर्थतन्त्रमा देखिएका अध्यायाहरु फाट्दै चाँदीको झै घेरा देखिन थालेको छ ।

कोरोनापछि विदेश जाने श्रमिकहरुको बृद्धि, सरकारले प्रतिबन्ध लगाएका कारण आयातमा परेको असरका कारण देशको अर्थतन्त्र सुधारको दिशामा अघि बढेको हो । यद्यपि अझै सचेततापूर्वक अघि बढ्नुपर्ने चुनौति भने छदैछ ।
केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको त्रैमासिक प्रतिवेदन अनुसार देशको शोधनान्तर स्थिति बचतमा उक्लिएको छ । १४ महिनापछि देशको शोधानान्तरस्थित बचतमा पुगेको हो । तथ्याङ्क अनुसा शोधानान्तरस्थित १२ अर्ब ४३ करोड रुपैयाा बचतमा रहेको छ । अमेरिकी डलरको मूल्यमा बृद्धि भई रेमिट्यान्स आउँदा बढेर आउनु, रेमिट्यान्स आउने क्रम बृद्धि हुनु, जस्ता कारणबाट देशको अवस्थामा सुधार आएको छ । गत आर्थिक वर्षको असोजमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेकोमा यसवर्षबाट नाफामा देखिएको हो ।

यद्यपि पछिल्लो समय बैंकहरुबाट प्राप्त तथ्याङ्क खासै खुशी हुने खालको छैन । बैंकहरुले चरम अभावका बीचमा कर्जा प्रवाह १.३ प्रतिशतले बृद्धि भएको छ भने निक्षेपको बृद्धि ०.४ प्रतिशतले मात्रै बढेको छ ।
राष्ट्र बैंकको तथ्याङ्कको देशको एउटा सूचक बाह्य अवस्था सुधार भएको विश्लेषण गरिए पनि आन्तरिक रुपमा सुधार हुन अझै केही समय लाग्नेछ । अब सरकारले सबै प्रकारका आयात खुल्ला गर्ने वित्तिकै बाह्य क्षेत्र फेरि बिग्रन सक्ने जोखिम पनि उत्तिकै रहेको अर्थविदहरुको धारणा छ ।

 

नेपाल राष्ट्र बैंकका अधिकारीहरु नेपालको आन्तरिक अवस्था सुधार नभएको नभई बाह्य अवस्था मात्रै सुधार भएको बताउँछन् । एक अधिकारीले भने, ‘रेमिट्यान्स र निर्वाचन लक्षित बाह्य सहयोग बढेकोले तत्कालका लागि राहत भएको हो, अझै केही समय लाग्न सक्छ ।’

तथ्याङ्क अनुसार असोजसम्ममा कुल विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरमा नौ अर्ब ४८ करोड छ । यो गत असारको तुलनामा ०.६ प्रतिशतले मात्र कमी नै छ । त्यसैले यसलाई धेरैले पूर्ण रुपमा अथतन्त्र स्वस्थ भएको नभई सामान्य सुधार मात्रै भएको रुपमा हेरिएको छ । यद्यपि यस्तो अवस्थाले देशको अर्थतन्त्र राज्यको नियन्त्रणमै रहेको देखिएको छ ।

तथ्याङ्क अनुसार देशको चालु खाता भने घाटामा नै रहेको छ । सरकारी ढुकुटी रित्तिएका कारण चर्को मूल्यमा सरकारले नै बैंकहरुबाट ऋण लिइरहेको अवस्था छ । यद्यपि गत आवको असोजमा १४९ अर्ब घाटामा रहेको चालु खाता यस वर्षको असोजसम्म आईपुग्दा जम्मा ३४ अर्ब २८ करोड रुपैयाँले मात्रै घाटामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*