सानिमा जिआइसी इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
१ मंसिर २०७९, बिहीबार ११:००
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले म्यानेजरियल लेभल अन्तर्गत मार्केटि र अफिसर लेभल अन्तर्गतको मार्केटिङामा कर्मचारी माग गरेको हो । सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
साथै स्नाकोत्तर तह उत्तीर्णका लागि विशेष प्राथमिकता हुने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।