प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?
३० कार्तिक २०७९, बुधबार १६:१६
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।