आइएमई जनरल इन्स्योरेन्सको सबै वित्तिय सूचक उत्साहजनक, मुनाफा कति ?
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको विवरण सार्वजिनक गरेको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १८ प्रतिशतले बढेको छ ।समिक्षा अवधिमा १९ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कमपनीले ४४ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको मुनाफा १५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षमो ५ करोड ३ करोड लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको ४ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी १३ प्रतिशतले बढेको छ। कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।कम्पनीकोे चुक्ता पुँजि ४७ प्रतिशतले बढेर १ अर्ब ७० करोड रुपैयाँ पुराएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पुँजि १ अर्ब १५ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, कम्पनीको बीमा कोष ५७ करोड ७ लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड ३० लाख रुपैयाँ रकम संचित रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा रहेको छ ।