प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा घट्यो, अधिकाश सूचक नकारात्मक
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्म कम्पनीको खुद नाफा र बीमाशुल्क आर्जन दुबै घटेको छ। कम्पनीको अधिकांश वित्तिय सूचकमा गिरावट देखिएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७ करोड ७९ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ४.३८% ले थोरै हो । अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ८ करोड १५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको खुद बीमा शुल्क आम्दानी १९.२७% ले घटेर असोज मसान्तसम्म २० करोड ९७ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीले भुक्तानी हुन बाँकी दाबी वापत ११ करोड ५९ लाख व्यवस्था गरेको छ जुन गत वर्षको भन्दा २८.३१% ले धेरै हो । साथै, नोक्सानीका लागि व्यवस्था गरिएको रकम ६५.७७% ले बढेर २ करोड ५२ लाख पुगेको छ । जसका कारण यसको नाफा प्रभावित बनेको हो ।
प्रिमियरको चुक्ता पुँजी १ अर्ब २२ करोड ७६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष २.२३% ले घटेर ४२ करोड ३५ लाख रुपैयाँमा झरेको छ ।बीमा कोष ०.०४% ले घटेर ८७ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ । कम्पनीकोे प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ९३ पैसा रहेको छ ।