सिद्धार्थ इन्योरेन्सद्धारा लाभांश प्रस्ताव

३० कार्तिक २०७९, बुधबार १०:४३

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी १ अर्ब २८ करोड रुपैयाँको ९.४७३७ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भई प्रिमियर इन्स्योरेनससँगको मर्जर पश्चात एकीकृत कारोबार भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*