शिखर इन्स्योरेन्सको इपिएस २३ रुपैयाँ माथि, नाफा र व्यवसाय दुवै बढ्दा अन्य सूचांक कस्तो ?
काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनामा १३ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवको यसै अवधीमा कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुँजि २ अर्ब २८ करोड रुपैयाँ रहेको शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६० पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २ सय १० रुपैयाँ ५९ पैसा रहेको छ । बैंकहरुमा कर्जा प्रवाह रोकिएको तथा देशको आर्थिक अवस्थामा सुस्तता आउँदा समेत कम्पनीको मुनाफामा बृद्धि गर्न सफल भएको हो ।
आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार गत असोज मसान्तसम्ममा कम्पनीले एक अर्ब दुई करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीले चालु आवको तीन महिने अवधीमा ४५ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, गत आर्थिक वर्षको समीक्षा अवधीमा ४४ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले १८ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।