मेट लाइफको मुनाफा ३२ प्रतिशतले बढ्यो, खुद बीमाशुल्क र अभिकर्ता कमिशन घट्यो
काठमाडौं । मेट लाइफले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन २।२३ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा १ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेको कम्पनीले यस त्रैमासमा भने १ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीले समिक्षा अवधिमा खुद दाबी भुक्तानी ३८ प्रतिशतले घट्दा ६५ करोड २५ लाख रुपैयाँमा सिमित भएको छ।गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
त्यस्तै, कम्पनीको मुनाफा ३२ प्रतिशतले ८ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा ६ करोड ७५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको कुल बीमा शुल्क आर्जन भने एक अर्ब ३० करोड रुपैयाँ छ ।बीमाशुल्क घटेसँगै कम्पनीकोअभिकर्ता कमिशन समेत घटेको छ। अभिकर्ताले यस अवधिमा १२ करोड ३० लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको अभिकर्ताको कमीशन १२ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
कम्पनी विदेशी शाखा भएको कम्पनीको कारण चुक्ता पुँजि राखिएको छैन भनेजगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ जम्मा भएको छ ।