एशियन लाइफको मुनाफा २१% ले बृद्धि, जीवन बीमा कोषमा ३३ अर्ब, अन्य सूचांकमा कस्तो ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचांकमा प्रगति गरेको छ ।
कम्पनीको जीवन बीमा कोषमा ३३ अर्ब ६३ करोड २१ लाख २५ हजार ३६८ रुपैयाँ संचित गरेको छ जुन अघिल्लो आवको यसै अवधीको तुलनामा २०.३२ प्रतिशतले बढि हो ।
कम्पनीको महाविपत्ति कोष, जीवन बीमा कोषसहित समग्र कोषको आकार ३४ अर्ब ४६ करोड नाघेको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा सहितका कोषहरु निकै महत्वपूर्ण हुन्छ ।
दुई अर्ब ५३ करोड चुक्ता पुँजि रहेको कम्पनीको मुनाफा २१.५८ प्रतिशतले बृद्धि गरी ११ करोड ७० लाख ७६ हजार ५४२ रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आवमा कम्पनीको मुनाफा नौ अर्ब ६२ करोड मात्रै थियो ।
कम्पनीको बीमा व्वसाय सामान्य अंकले बृद्धि भई एक अर्ब ६४ करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । गत आवको तीन महिने अवधीमा कम्पनीले एक अर्ब ५७ करोड खुद बीमा शुल्क आम्दानी गरेको थियो । कम्पनीको खुद दावी भुक्तानी ३० प्रतिशतले बृद्धि भई ३५ करोडबाट ४६ करोड पुगेको छ ।
कम्पनीको कर्जा लगानी, बीमालेख धितोमा लगानी तथा अन्यबाट प्राप्त आम्दानी १९.९७ प्रतिशतले बृद्धि भई ६४ करोडबाट ७७ करोड पुगेको छ । त्यस्तै, व्यवस्थापन खर्च सामान्य अंकले बढेर ११ करोड ८९ लाख गरेको छ ।
त्यस्तै अभिकर्ता कमिशन घटेको छ । गत आवमा १९ करोड ८८ लाख रुपैयाँ आफ्ना अभिकर्तालाई कमिशन दिएको कम्पनीले चालु आवको तीन महिनामा अभिकर्ता कमिशन बापत १७ करोड ४९ लाख रुपैयाँ मात्रै वितरण गरेको छ ।
त्यस्तै, हालसम्म जारी बीमा पोलिसी संख्या तीन लाख ३२ हजारबाट बढेर पाँच लाख २२ हजार ३३६ पुगेको छ ।