तीन महिनामा १९ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आम्दानी सात अर्ब माथि, सन नेपाल र सिटिजन लाइफको छलाङ
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ७ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले एक अर्ब ३५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा नेशलन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ८४ करोड र असोज महिनामा मात्रै २७ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ ।
तेस्रोमा एलआइसी नेपाल रहेको छ। कम्पनीको प्रथम बीमाशुल्क आर्जन ५२ करोड रुपैयाँ
त्यस्तै, सन नेपाल लाइफले ५२ करोड ५ लाख रुपैयाँ, सिटिजन लाइफले ४९ करोड ६२ लाख रुपैयाँ, सूर्या लाइफले ४० करोड, रिलायबल नेपालले ३६ करोड, एशियन लाइफले ३५ करोड, ज्योति लाइफले ३३ करोड, युनियन लाइफले ३१ करोड रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै, सबैभन्दा कम बीमाशुल्क आर्जन गर्न कम्पनीमा ५ करोड ७१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ।