जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ३५ अर्ब माथि, कुनले कति गरे ? (तथ्यांक सहित )
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १ करोड ३८ लाख बीमालेख जारी गरेर ३५ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा बीमा कम्पनीहरुले उक्त रकम संकलन गरेका हुन्।
यस त्रैमासको अवधिसम्मममा तथ्यांक हेर्दा नेपाल लाइफको नै अग्रता रहेको छ। कम्पनीले असोज मसान्तसम्ममा १० अर्ब ४ करोड रपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्रयाउन सफल भएको छ।